Connect with us
Kapilvast Forest

रिटर्नी माइग्रेंट नेपाल’को कपिलवस्तु शाखामा सुनार

२०७६, २८ मंसिर शनिबारमा प्रकाशित

सिताराम चौधरी कपिलवस्तु, २८ मंसिर ।

“प्रवाशबाट आर्जित सीप, ज्ञान र पूँजीलाई स्वदेशमा” भन्ने मूल नाराका साथ बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको छाता संगठन ‘रिटर्नी माइग्रेंट नेपाल’ को कपिलवस्तु शाखा गठन गरिएको छ ।

बैदेशिक रोजगारीबाट फर्केर जिल्लाको विभिन्न स्थानमा छरिएर रहेका रिटर्नी नेपालीहरुको चन्द्रौटामा सम्पन्न भेलाले प्रेम सुनारको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । कपिलवस्तु जिल्लाभरि छरिएर रहेका रिटर्नीहरुलाई एकजुट बनाएर लैजाने, बिभिन्न सम्भाबनाहरुलाई अध्ययन गरी देश बिकास र समृद्धितर्फ लैजानका लागि रिटर्नीहरुको तदर्थ समिति गठन गरिएको नव नियुक्त अध्यक्ष प्रेम सुनारले जानकारी दिए ।

तदर्थ समितिको उपाध्यक्षमा रोशन विश्वकर्मा, सचिवमा रमेश कुमार पाण्डे, कोषाध्यक्षमा सुभाष वि.क. र सदस्यहरुमा हरिबहादुर मल्ल, पञ्चम वि.क., चन्द्रशेखर सिंह, दीपक क्षेत्री, बाबुराम पाण्डेय, धनबहादुर वि.क., बिर बहादुर सुनार, अर्जुन वि.क., मिलन सुनार, अजय सुनार, श्रीराम थारु, रामु सुनार, नरेश खनाल सर्वसम्मत चयन भएका छन् ।

भेलामा ‘रिटर्नी माइग्रेंट नेपाल’ प्रदेश ५ का महासचिव प्रकाश शर्मा पौडेल र प्रदेश कोषाध्यक्ष ऋषिराम बस्यालको उपस्थिति रहेको थियो । महासचिव पौडेलले बैदेशिक रोजगारीबाट फर्किएका सम्पूर्ण रिटर्नीहलाई छाता संगठनमा आबद्ध हुन आग्रह गरेका छन् । उनले विभिन्न जिल्ला हुँदै नेपालका हरेक जिल्लामा शाखा विस्तार गर्ने प्रतिबद्धता जाहेर गरे । भेलामा कपिलवस्तु जिल्लाका विभिन्न स्थानीय निकायका रिटर्नीहरुको सहभागिता रहेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu