सिन्धुपाल्चोक दुर्घटना अपडेट : मृतककाे संख्या १४ पुग्याे, अझै बढ्न सक्ने
२९ मंसिर । सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे छ ।
दोलखाकाे कालिन्चोक दर्शन गरेर काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ६ किलो माेडबाट खसेकाे थियाे । साे दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए ।उनले दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले मृतकको संख्या अझै बढ्न सक्ने बताए । अहिले घटनास्थलमा सुरक्षाकर्मी खटिएर उद्धार कार्य भइरहेकाे छ ।