बँदेलको आक्रमणबाट खर काट्न गएकी महिलाकाे मृत्यु
सप्तरी, २९ मंसिर । सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ ।घर नजिकै जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासि आक्रमण गर्दा घाइते पारेको थियो ।उहाँको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले जानकारी दिनुभयो ।