Connect with us
Kapilvast Forest

यातायात र पर्यटनसम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

२०७६, २९ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं, मंसिर २९-यातायात र पर्यटनसम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएकाे छ। नासा फाउन्डेसन तथा बेल्ट एण्ड रोड इन्टरनेशनल ट्रान्सपोर्ट अलाइन्सको आयोजना तथा नेपाल अटोमोवाइल्स एसोसिएसन नासा/चाइना हाइवे एण्ड ट्रान्सपोर्टेसन सोसाइटीको संयोजनमा २७ र २८ गते कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको शुभारम्भ मुख्य अतिथि प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी र गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शुभकामना मन्तव्य राखेका थिए। त्यस्तै बेलायतका पूर्व यातायातमन्त्री पौल क्लार्क, चीनस्थित सिउफा ग्रुपका कार्यकारी अधिकृत लियु युईले कार्यक्रमलाई सम्बोधन गरेका थिए।

१ सय ३० भन्दा बढीको सहभागिता रहेको कार्यशालामा राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुयालले पर्यटन तथा यातायातको आर्थिक दृष्टिकोणसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।

बेलायतका पूर्व यातायातमन्त्री पौल क्लार्कले दिगो विकासका लागि सडक यातायातको महत्व शीर्षकमा, नेपाल पर्यटन बोर्डका ब्राण्डिङ्ग अफिसर जितेन्द्रले भ्रमण वर्ष : चुनौती र अवसर शीर्षकमा, सिउफा ग्रुपका सहनिर्देशक क्वान्जिन सुले हरित ट्राफिक पेभका बारेमा प्रस्तुति दिएका थिए।

 

त्यस्तै एडभेन्चर आउटडोर एक्स्कर्सन का निर्देशक डा.कल्याण राज शर्माले नेपाल चाइना सम्बन्धमा प्रस्तुति गरेका थिए। त्यसमा दिपक सरकारले टिप्पणी गरे भने नासा फाउन्डेसनकी बोर्ड सदस्य भगवती सेढाईले नेपाल भ्रमण वर्ष तथा सुरक्षित यात्रा शिर्षकमा प्रस्तुति गरेका थिए।

कार्यशालामा बीआरआईको परिचय तथा अवसर र चुनौती बारे सडक विभागका ट्रान्सपोर्ट कन्सल्टेन्ट डा पदम बहादुर शाहीले प्रस्तुति गरेका थिए। यसमा युवा नेता निर्भिक चित्रकारले टिप्पणी गरेका थिए। नेपालको पर्यटन क्षेत्रमा लगानी बारे लगानी बोर्ड नेपालकी कन्सल्टेन्ट प्रज्ञा अधिकारीले प्रस्तुति दिएकी थिइन् भने त्यसमा टिप्पणी राजन शर्माले गरेका थिए।

कार्यक्रमको दोस्रो दिन शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन गरेका थिए। मन्त्रीले नेपाल भ्रमण वर्षको तयारीका लागि सरकार लागिपरेको समेत जनाए।

दोस्रो दिनको पहिलो प्रस्तुति भारतकी रोड सेफ्टी एनजीओ ट्रयाक्सकी महसचिव रजनी गान्धीले ट्रान्सपोर्ट एण्ड टुरिजम सेफ्टीसम्बन्धी शीर्षकमा प्रस्तुति गदिएकी थिइन्।

नासाका सचिव सन्तोष न्यौपानेले इन्टरनेसनल ड्राइभिङ्ग परमिट र सीडीपी, नासाका उपाध्यक्ष मेघराज पौड्यालले ड्राइभ टुरिजम, अस्ट्रेलियाका इन्जिनियर निरन्जन गौली, यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले नेपालमा यातायात व्यवस्थापन बारे कार्य पत्र प्रस्तुत गरेका थिए।

कार्यशालामा चिनियाँ सरकारी तथा व्यवसायिक क्षेत्रको प्रस्तुति रहनेछ भने नेपालको केन्द्र सरकार तथा प्रदेश सरकारका उच्चअधिकारीहरु, सांसदहरु, पर्यटन क्षेत्रका विज्ञ तथा व्यवसायीहरु, सडक तथा यातायात विज्ञहरु, चीन, भारत, संयुक्त अधिराज्य लगायत देशका विज्ञहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu