Connect with us
Kapilvast Forest

सहमतिअनुसार अघि बढ्न महामन्त्री कोइराला सहमत

२०७६, २९ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं –

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक हुनुपूर्व उपसभापति विमलेन्द्र निधिले महामन्त्री शशांक कोइरालासँग छलफल गरेका छन्।आइतबार दिउँसो १ बजे कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको छ।निधि र कोइरालाबीच आइतबार विहान महाराजगञ्जमा छलफल भएको हो। बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गत बिहीबारको बैठक बहिष्कार गरेपछि असंतुष्ट पक्षसँग उपसभापति निधिले छलफललाई तीव्र बनाएका छन्।

पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका अहिले नै प्रकाशित गर्नुपर्ने अडान लिँदै बैठक बहिष्कार गरेका थिए। पौडेल आज पनि बैठकमा सहभागी हुने छैनन्। उनी पाथिभरा दर्शनका लागि गएका छन्।प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार उपसभापति निधि र महामन्त्री कोइरालाबीच मुख्य विषयहरूमा पार्टीभित्र सहमति गरेर जाने छलफल भएको छ।

‘सहमति निर्माण गरेर अघि बढ्ने विषयमा छलफल भयो,’ शर्माले सेतोपाटीसँग भने।यसैबीच निधिले अहिले पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग पनि छलफल गर्ने भएका छन्। पौडेलले आफ्नो तर्फबाट छलफल गर्ने जिम्मेवारी सिंहलाई दिएका छन् भने सभापति शेरबहादुर देउवाले छलफलको जिम्मा निधिलाई दिएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu