Connect with us
Kapilvast Forest

जुम्लाको पाटनमा हराएको भनिएका सबै जना सकुशल घर फर्किए

२०७६, ३० मंसिर सोमबारमा प्रकाशित

काठमाडौं- जडिबुटी संकलनका लागि जुम्लाको तिला गाउँपालिका- ९ को शेरा फूलबारी पाटनमा बेपत्ता भएका भनिएका सबै जना सकुशल घर फर्किएका छन्। उनीहरु आइताबार राति १० बजेतिर गाउँ फर्किएका हुन्। बिहीबार जडिबुटी संकलनका लागि पाटनतिर गएका उनीहरु हिउँमा परेर बेपत्ता भएका थिए।

बेपत्ता भएकाहरुसँग कुनै सम्पर्क हुन नसकेपछि खोजबिन गरिदिन सरकारसमक्ष माग गरिएको थियो। स्थानीय प्रशासन कार्यालय जुम्लाले गृहमन्त्रालयलाई उद्धार गरिदिनको लागि हेलिकोप्टर व्यवस्थापन गर्न पत्र पठाएको थियो। जसअनुसार गृहमन्त्रालयले हेलिकोप्टर मार्फत बेपत्ताको उद्धार गर्न निर्देशन दिएको थियो।

सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखिएको थियो। तर मौसममा देखिएको खराबीका कारण उड्न सकेको थिएन। बिहान बेपत्ता मध्येका एक जना छविराज बोहोराले फोन गरेर आफूहरु सकुशल भएको जानकारी दिएका थिए। उनीहरु हिमपातमा परेर मृत्यु भएका बिनबहादुर बोहोरालाई लिएर गाउँ फर्किएका हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu