Connect with us
Kapilvast Forest

सांसदलाई रकम वितरण नगर्न माग गर्दै सांसद नै पुगे सर्वोच्च

२०७६, ३० मंसिर सोमबारमा प्रकाशित

काठमाडौं- सांसदहरुलाई खर्च गर्न दिइएको स्थानीय विकास पूर्वाधार कार्यक्रम रोक्न माग गर्दै सांसदहरु नै सर्वोच्च अदालत पुगेका छन्।

सांसदहरुलाई वितरण गर्ने रकम संविधानअनुकूल हुनुपर्ने जिकीर गर्दै नेपाली कांग्रेसका सांसदहरु प्रकाश रसाइली स्नेही, रंगमती शाही र राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले रिट हालेका हुन्।

यसअघि नेकपाका झपट रावलले सांसदलाई रकम दिनु गैरकानुनी भएको भन्दै रिट हालेका थिए। उक्त रिटमा सर्वोच्चले अन्तरिम आदेश पनि जारी गरेको थियो।

सर्वोच्चले सांसद विकास कोषको नाममा रकम वितरण गर्नु गैरकानुनी भएको आदेश गरेपछि नाम परिर्वतन गरेर स्थानीय विकास पूर्वाधार कार्यक्रमको नाममा सांसदहरुलाई रकम बाँड्न दिइएको थियो।

सांसदहरुले कानुन बनाउनु पर्नेमा रकम वितरणतिर लाग्नु र विकासमा खर्चनुपर्ने पैसा कार्यकर्तालाई वितरण गर्नु गैरकानुनी भएको भन्दै उनीहरुले रिट हालेका हन्।

उनीहरुको निवेदनको सुनुवाइ पेसी बुधबार रहेको छ। सांसदहरुले धमाधम आफ्नो क्षेत्रमा वितरणको योजना छुट्टाउन थालेपछि सांसदहरुले नै यसलाई रोक्न पहिलो पटक सर्वोच्चमा मुद्दा हालेका हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu