Connect with us
Kapilvast Forest

रोकिराखेको बाइकलाई गाडीले हान्दा एकजनाको मृत्यु

२०७६, २ पुष बुधबारमा प्रकाशित

accident

चितवन । ईच्छाकामना गाउँपालिका–७ भालुटारमा गुडिरहेको गाडीले रोकिराखेको बाइकलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। भालुटारस्थित भित्री सडक खण्डमा रोकिराखेको बा ५५ प ७४१४ नम्बरको मोटरसाईकललाई भालुवाटारबाट पदमपुर तर्फ गईरहेको ना १ च ९४१२ नम्बरको डिआइ गाडीले मंगलबार बेलुकी सवा सात बजेतरि ठक्कर दिएको थियो। अनियन्त्रित भई गाडी पल्टिएपछि रत्ननगर नगरपालिका–१० का ३५ वर्षीय सुरज पौडेलको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनी सोही गाडीमा सवार थिए। पौडेलको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। दुर्घटनामा परेको सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu