Connect with us
Kapilvast Forest

शिवराज नगर स्तरिय थाकस इन्द्र थारुको नेतृत्व

२०७६, २ पुष बुधबारमा प्रकाशित

राम अवतार  चौधरी, कपिलवस्तु, पौष २,

थारु कल्याणकारी सभा शिवराज नगर स्तरिय कार्य समिति शनिबार गठन भएको छ । जिल्लाको शिवराज–५, चन्दौटामा बसेको भेलाले इन्द्र बहादुर थारुको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।

भेलाले सभापतिमा इन्द्र बहादुर थारु, उप–सभापतिमा रमेश थारु, सुमन थारु र राम पती थारु, सचिवमा प्रकाश थारु, सह–सचिवमा रेशम थारु, कोषाध्यक्षमा भूमिसरा थारु रहेका छन् ।

त्यसैगरी सदस्यमा भग्गन थारु, राजमती थारु, राम किसुन थारु, सटनी थारु, रुपा थारु, राम अवतार थारु, रामपाल थारु, राजकुमारी थारु, सोहराम थारु, राजेश थारु, रामकुमारी थारु, शुरसेन थारु, भिखुराम थारु र रमेश थारु(ख) लगायत पदाधिकारीहरु चयन भएका छन् ।

यसैबीच थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य जंजिर प्रसाद थारुले नयाँ बनेको कार्य समितिको सफलताको शुभकामना दिदैँ थारु समुदायको हक हितको लागि काम गर्ने एकमात्र संस्था थाकस रहेको दावी गरे । उनले भने थारु समुदायको आवाज लामो समयदेखि बुलन्द गर्दै आएको संस्था भएको हुनले कुनै संकोच नमानी थारु अगुवाहरु यसको पक्षमा लाग्नु जरुरी रहेको थारुले उल्लेख गरे । साथै हाम्रो थारु समुदायका अगुहरु “कागले कान लग्यो भन्नेको पछाडी लाग्नुको कमी छैन तसर्थ म उहाँहरुलाई म के भन्न चाहन्छु भने आफ्नो कान छाम्नु तर्फ लाग्नु आवश्यक छ ।”

उक्त कार्यक्रममा थाकस कपिलवस्तुका सभापति उमा शंकर थारुको अध्यक्षता, थाकस केन्द्रीय सदस्य जंजीर प्रसाद थारुको प्रमुख आतिथ्यिता, सुमित्रा थारुको विशिष्टता आतिथ्यिता, राजेश थारु, स्थानिय समाजसेवी, बुद्दिजिवी, युवा लगायत थारु अगुवाहरुको सहभागिता र जगतदेव थारुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu