Connect with us
Kapilvast Forest

वडा प्रहरी कार्यालयका प्रमुखलाई घुस दिन पुगेका व्यापारी आफै परे फन्दामा

२०७६, २ पुष बुधबारमा प्रकाशित

pakrau fiture

स्याङ्जा – वडा प्रहरी कार्यालय वालिङका प्रमुखलाई घुस खुवाउन पुगेका व्यापारी आफै फन्दामा परेका छन् । मंगलबार ‘ल यो तपाईँले राख्नुहोस्, म व्यापार गर्छु भन्दै १५ हजार रुपैयाँ टेबलमा नै आइपुग्दा कार्यालयमा काम गरिरहनु भएका प्रमुख तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरन्जन घिमिरे एकछिन अलमल नै पर्नुभयो ।

रुपन्देहीको वसन्तपुर गाँउपालिका ४ घर भइ वालिङ नगरपालिका ८ बस्दै आएका जहरुद्दीन मियाँ पैसा बोकेर प्रहरी प्रमुखकोमा पुगेका हुन् । मियाले गोरु व्यापार गर्नु पर्यो, ल यो तपाईँ राख्नुहोस् भन्दै घिमिरेको टेबलमा पैसा राखेका थिए ।

त्यसलगत्तै मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता हेमराज घिमिरेले जानकारी दिनुभयो ।

पक्राउ परेका ५१ वर्षीय मियाँलाई रकमसहित आवश्यक काबाहीको लागि मंगलबार नै अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा पठाइएको प्रवक्ता घिमिरेले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu