Connect with us
Kapilvast Forest

घुम्न आएकी विदेशी बालिकामाथि करणी

२०७६, २ पुष बुधबारमा प्रकाशित

rape

रसुवा । घुम्न आएकी एक विदेशी बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका गाउँपालिका-२ कालिकास्थानका २९ वर्षीय सुनील पौडेल रहेको प्रहरीले जनाएको छ । बालिकामाथि २८ मंसिरमा करणी गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी गरेपछि पौडलेलाई प्रहरीले पक्राउ गरेको हो ।

पौडेललाई करणी अभियोगमा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले बताउनुभयो  । बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन, बालिकाले दिएको बयान र पक्राउ परेका व्यक्तिसँग लिएको प्रारम्भिक अनुसन्धानले अपराधमा उनको संलग्नता रहेको बलियो आधार देखिएको प्रहरीको भनाइ छ ।

बालिका करणी आरोपमा पक्राउ परेका पौडेल कालिका गाउँपालिकाकी अध्यक्ष सीता पौडेल अधिकारीका सहोदर भाइ भएको प्रहरीले जानकारी दिउको छ । नयाँ पत्रिकामा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu