Connect with us
Kapilvast Forest

रोकिएन कमर्चारीको कामचोर प्रवृत्ति

२०७६, २ पुष बुधबारमा प्रकाशित

काठमाडौं । राजधानीबाट बुधबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक – फरक विषयका समाचारलाई महत्वका साथ सम्प्रेषण गरेका छन् ।

मंगलबार जनता समाचार डट कम मा विप्लवका केन्द्रीय सदस्यसहित दुईजना पक्राउ, सुर्योदय दृष्यावलोकनको नयाँ गन्तव्य, पाँचथरको लोहाकिल, नेपाल एयरलाइन्सले पायो, ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’, ‘बन्द, हड्तालमा राष्ट्रिय झण्डाको प्रयोग गर्नु गलत’, मकवानपुर नेकपाले टुङ्ग्यायो कार्य विभाजन, सर्लाहीमा अढाई बिघा गाजाँखेती नष्ट र हिमपात जारी रहेपछि खुल्नै सकेनन् शैक्षिक संस्था लगायतका शीर्षकमा समाचार प्रकाशित गरिए

राजधानी दैनिकले ‘रोकिएन कमर्चारीको कामचोर प्रवृत्ति’ शीर्षकमा प्रमुख समाचार बनाएको छ । समाचारमा समेटिए अनुसार देशभरका सरकारी कार्यालयमा कर्मचारीले समय पालना नगरी कार्यालयको काममा चरम ठगी गरेको पाइएको छ । कतिपय सरकारी कार्यालयमा हाजिर गर्ने र टाप कस्ने प्रवृत्ति यथावत रहेको देखिएको छ । कर्मचारी वृतमा यस्तो प्रवृत्तिलाई हाटा प्रवृत्ति भनेर व्यंग्य पनि गर्ने गरिन्छ । हाटा भन्नाले हाजिर गर्ने र अन्यत्र आफ्नै व्यक्तिगत काममा टाप कस्ने प्रवृत्तिसमेत भन्ने गरिएको समाचारमा उल्लेख छ ।

राजधानीले खाद्य गोदाममा विभागको छापा, नेकपा स्थायी कमिटिको बैठकमा बहालवाला मन्त्रीद्वारा नै सरकारमाथि कटाक्ष तथा विकासमा पुरानै रोग पुनरावृत्ति हुने लक्षण लगायतका शीर्षकमा समेत मुख्य समाचार बनाएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकमा पूर्वमाओवादी नेताहरुले सभामुख चयन गर्दा पूर्वमाओवादी खेमाबाटै चयन गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिइरहेकोबारे प्रमुख समाचार छ । समाचारमा लेखिए अनुसार नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाललगायतले प्रचण्डलाई भेटेरै सभामुख पूर्वमाओवादीबाटै हुनुपर्ने भन्दै दबाब दिएका हुन् ।

यसैगरी अन्नपूर्णमा पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको संकटकाल घोषणा गरेर देशद्रोह गरेको आरोपमा मृत्युदण्डको फैसला गरिएको विषयलाई पनि प्रमुख समाचार बनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu