इँटा भट्टा हटाउन माग गर्दै आन्दोलन
काठमाडाैं । चन्द्रागिरी नगरपालिकाका स्थानीयहरु त्यस क्षेत्रमा सञ्चालित इँटा उद्योगहरु हटाउन माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
इँटा भट्टाका कारण आफूहरुको स्वास्थ्यमा गम्भिर असर पारेकोले त्यस क्षेत्रमा सञ्चालित सबै इँटा भट्टा हटाउनुपर्ने माग गदैं मंगलबार काठमाडौंको माइतिघर मण्डलामा धर्नामा बसेका हुन् ।
२०७२ सालदेखि हटाउन माग गर्दै आएपनि अहिलेसम्म नहटाइएकोले आन्दोलनमा उत्रनु परेको बताएका छन् । सर्वदलीय बैठकद्वारा चन्द्रागिरी नगरपालिका भित्रका सम्पूर्ण इँटा उद्योगहरु बन्द गराउने निर्णय भएको र नगरपालिकाले हटाउन पत्राचार गरेपनि नहटेकाले आन्दोलनमा उत्रनु परेको इँटा भट्टा पीडित मूल संघर्ष समितिले जनाएको छ ।
इँटा उद्योगको विरोध नभई त्यसबाट स्थानीयहरुको स्वास्थ्यमा पारेको असरको विरोध गरिएको समितिको भनाइ छ ।