अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
काठमाडाैं । आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस, नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा पनि सरकारी तथा गैरसकारी क्षेत्रबाट बुधबार विभिन्न कार्यक्रम गरिदैछ ।
श्रम तथा रोजगार मन्त्रालयको संयोजकत्वमा दिवस सप्ताहव्यापी रूपमा मनाइने भएको हो । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हकअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी पारित भएको दिनको सम्झनामा सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाउने गरिएको छ । रोजगारी र जीविकोपार्जनका लागि अर्को देशमा गइ बस्ने प्रकृयालाई आप्रवासन भनिन्छ ।
आप्रवासी कामदारहरुमा चेतना जगाउने, आप्रवासी कामदारहरुलाई सम्बन्धित देशका घरेलु कामदारलाई जस्तै मान्यता र सुरक्षा प्रदान गर्नुपर्ने सन्देशसहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।
अहिले विश्वका एक सयभन्दा बढी देशमा नेपालीहरु पुगेको विभिन्न तथ्यांकहरुले देखाएको छ ।
आप्रवासी दिवस