Connect with us
Kapilvast Forest

ट्याक्टरको ठक्‍करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु, अर्की घाइते

२०७६, ३ पुष बिहीबारमा प्रकाशित

दाङ : ट्रयाक्टरको ठक्‍करबाट एक बालिकाको मृत्यु भएको छ।राप्ती राजमार्गअन्तर्गत तुलसीपुर कपुरबोट सडकखण्डको गोदामघर नजिक बिहीबार बिहान ट्याक्टरले ठक्‍कर दिँदा स्कुल जाँदै गरेकी १३ वर्षीय विजिता केसीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी तुलसीपुरस्थित तुलसी आवासीय मावि कक्षा ८ की छात्रा हुन्।

रा १ प १४३५ नम्बर ट्याक्टरको ठक्‍करबाट विजितासँगै हिँड्दै गरेकी १४ वर्षीया मनिषा वली भने घाइते भएकी छिन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइते मनिषा कक्षा ८ की छात्रा हुन्।  तीव्र गतिमा आएको ट्रकले स्कुल जाँदै गरेकी विजितालाई ठक्‍कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका  डीएसपी हरिहरनाथ योगीले जानकारी दिए।

गम्भीर घाइते भएकी विजितालाई उपचारका राप्ति अस्पताल तुलसीपुर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । घटनापछि उक्त सडकखण्ड अवरुद्ध भएको छ।मृतकका आफन्त, विद्यार्थी र स्थानीयले सडक अवरुद्ध पारेका हुन्।

ट्रक र चालककलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu