माज कार्यकारी नहुँदा एक महिनादेखि नगरपालिकाको काम ठप्प
पुस ३, २०७६ दैलेख : जिल्लाको आठबिस नगरपालिकामा कार्यकारी अधिकृत नहुँदा एक महिनादेखि नगरपालिकाको कामकाज ठप्प भएको छ। कार्यकारी अधिकृत कुलराज सुवेदिको एक महिना अगाडि सरुवा भएपछि नयाँ कार्यकारी नआएकाले नगरपालिकामा हुने विकासे लगायत अन्य कामह रोकिएको नगर प्रमुख खड्कराज उपाध्यायले बताए।
नगरपालिकामा ४९ जना कर्मचारीको दरबन्दी भए पनि अहिले करार सहित १८ जना कर्मचारीले काम गर्दै आएका छन्। कर्मचारी अभावसँगै प्रमुख प्रशासकीय अधिकृतसमेत नभएपछि कामकाज ठप्प भएको मेयर उपाध्यायले बताए ।
‘दुइसाता अघि संघीय सरकारका तालुकदार अड्डामा आफैँ गएर कार्यकारी पठाउन भनेर आएके हुँ,’ मेयर उपाध्यायले भने।नगर प्रमुख उपाध्यायले एकजना इन्जिनियर करारमा राखेर केहि प्राविधिक काम गरेपनि धेरैजसो काम कर्मचारी अभावले रोकिएको बताए। कार्यकारी अभावले विकासका सम्झौता गर्नुपर्ने काम रोकिएको उनको भनाइ छ । निमित्त कार्यकारी प्रमुख गोकर्णनाथ योगी भए पनि आर्थिक कारोबार गर्ने अधिकार उनलाई नभएकाले एक महिना देखि काम गर्न समस्या भएको नगरपालिकाका नगर प्रमुखको भनाइ छ।