बसको ठक्करबाट पैदल यात्रीको ज्यान गयो
झापा – बसको ठक्करबाट झापाको विर्तामोडमा पैदल यात्रीको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–१ पश्चिम बस स्ट्यान्डस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको हो ।
शुक्रबार बिहान वीरगञ्जबाट काँकरभिट्टातर्फ आउँदै गरेको ना ४ ख ६११६ नम्बरको बसले बाटो काट्दै गरेका इलाम नगरपालिका(२ बस्ने वर्ष ५६ को होमनाथ ढुङ्गेललाई ठक्कर दिएर घाइते बनाएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिएण्ड सि अस्पताल बिर्तामोड लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए।
ठक्कर दिने बस, बस चालक पर्सा जिल्ला गढी नगरपालिका-९ बस्ने बर्ष ३९ को बेदबहादुर सुबेदीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा छ।