Connect with us
Kapilvast Forest

लुम्बिनी लर्निङ्ग सेन्टरले ईपिएसको सिप परीक्षामा ल्यायो सर्वाेत्कृष्ट नतिजा

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

। कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा रहेकोलुम्बिनी लर्निङ्ग प्राली रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सीप परीक्षामा करिव शत प्रतिशत सहित (सर्वाेत्कृष्ट) नतिजा ल्याउन सफल भएको छ।

लुम्बिनी लर्निङ्ग प्राली सेन्टरले सन् २०१९ का लागि कोरियन भाषा परीक्षाबाट नाम निकाल्न सफल ४३ जना मध्ये सिप परीक्षामा ३९ जना उत्रीर्ण गराउन सफल भएको हो ।

यो नतिजा जिल्लाकै सवोत्कृष्ट भएको लुम्बिनी निर्देशक अशिम क्षेत्रीले दाबी गरे । देशभर २०१९ का लागि कोरियन भाषा परिक्षामा सामेल ९२ हजार ३ सय ५६ मध्ये १२ हजार १० जना पास भएका थिए । जसमा विहीबार सार्वजनिक भएको सिप परीक्षाको नतिजामा ६ हजार ७ सय ७३ जना उत्रीर्ण हुन सफल भएका छन । देशभरको यो नतिजासंगै आफ्नो इन्स्टिच्युट कोरिया भाषा परिक्षामा उत्रीर्ण शतप्रतिशतले सिप परीक्षामा पास भएर संस्थाको गरिमा बढाएको भन्दै उनले सम्पुर्ण विद्यार्थीहरुलाई बधाई तथा सफलताको शुभकामना दिए ।

 

यसबर्ष आधुनिक प्रविधिद्धारा २०२१ को लागि पनि लुम्बिनीले कोरियन भाषा पढाईरहेको छ । यस बर्षदेखि ईपिएस शाखाले लिखित परिक्षामा नाम निकालेको विद्यार्थीहरुलाई सिप परीक्षा पनि लिने व्यवस्था गरेको छ । पछिल्लो समय रोजगारीका लागि कोरिया जाने चाहनाको संख्या बढ्दै गईरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu