Connect with us
Kapilvast Forest

नाता प्रमाणित गर्दा घुस लिने वडाध्यक्ष पक्राउ

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

रामग्राम– नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष गोपाल दिस्वा मगर २ लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

सेवाग्राहीको नाता प्रमाणित तथा स्वास्थ्य उपचारको सिफारिस लगायतको बहानामा २ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष मगरलाई पक्राउ गरेको हो ।अख्तियारको टोलीले वडाध्यक्ष मगरसहित लेखनदास रवीन्द्रप्रसाद यादवलाई समेत नियन्त्रणमा लिएको छ ।वडाध्यक्ष मगरले लेखनदास यादवमार्फत सेवाग्राहीबाट घुस उठाएको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले वडाध्यक्ष मगरलाई रामग्राम नगरपालिका–१८ स्थित होली चाइल्ड स्कूल नजिकबाट र लेखनदास यादवलाई मालपोत कार्यालय नवलपरासी (पश्चिम) जाने बाटोबाट नियन्त्रणमा लिइको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu