Connect with us
Kapilvast Forest

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

कांग्रेस : कांग्रेस केन्द्रीय समितिको शुक्रबार बोलाइएको बैठक पनि स्थगित भएको छ। बैठकका एजेन्डामा संस्थापन र असन्तुष्ट पक्षबीच सहमति हुन नसकेपछि बैठक स्थगित भएको हो।एजेन्डामा सहमति नगरीकन बोलाइएको बैठकमा सहभागी नहुने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले बैठक बहिष्कार गर्दै आएको छ। असन्तुष्ट पक्षसँग सहमतिका गर्नका लागि सभापति शेरबहादुर देउवाले पुस १० गतेसम्मका लागि बैठक स्थगित गरेको कांग्रेस नेता एनपी साउदले जानकारी दिए।

बुधबार बोलाइएको बैठक बस्दै नबसी शुक्रबारसम्मका लागि स्थगित भएको थियो। पार्टीभित्रको आन्तरिक विवाद मिलाउन भन्दै सभापति शेरबहादुर देउवाले आज बोलाइएको केन्द्रीय समिति बैठक स्थगन गरेका हुन्।

कांग्रेस भित्र आन्तरिक विवाद देखिएपछि संस्थापन र असन्तुष्ट दुवै पक्षका नेताहरु नितरन्तर छलफल र गुट बैठकमा व्यस्त भएका छन्। कांग्रेसभित्र महाधिवेशनको कार्यतालिका, संख्या बढाएर विभाग गठन, नेविसंघ र तरुण दलको विषयलाई लिएर संस्थापन र असन्तुष्ट समूहबीच विवाद देखिएको हो।

केन्द्रीय समितिमा पेश भएका प्रस्तावप्रति असहमति जनाउँदै बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय समितिको बैठक निरन्तर बहिस्कार गर्दै आएको छ। पौडेल समूहको बहिस्कारपछि केन्द्रीय समिति बैठक प्रभावित बनेको छ। दुवै समूहले सहमतिका लागि कार्यदल बनाएका छन्। कार्यदलबीच चार वटै विषयमा सकारात्मक छलफल भइरहेको जनाइएको छ। महाधिवेशनको कार्यतालिकामा विवाद नरहे पनि विभागको संख्या बढाउने, विभागको बाँडफाँड, नेविसंघको सांगठानिक संरचना र तरुण दलका विषयमा भने कुरा मिल्न बाँकी रहेको छ।

संगठन विभाग, प्रचार विभाग, विदेश विभाग र जनसम्पर्क विभागमध्ये दुई विभाग आफूलाई दिनुपर्ने पौडेल समूहको माग छ। सुरुमा महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने माग गरेको पौडेल समूहले अहिले विभाग र भ्रातृसंस्थामा विवाद निकालेर पार्टीलाई निर्णय प्रक्रियाबाट रोक्न खोजेको आरोप संस्थापन समूहको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu