Connect with us
Kapilvast Forest

पुष ९ गते सार्वजनिक विदा दिन माग

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

४ पुष, काठमाडौं । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले यही पौष ९ गते (डिसेम्बर २५) का दिन ख्रीष्टमसको सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले यस्तो माग गरेको हो ।

महासंघले अघि सारेका मागहरुमा ख्रीष्टियन समूदायको महान पर्व ख्रीष्टमसका दिन अर्थात् पुष ९ गते (डिसेम्बर २५) का दिनलाई तत्काल सार्वजनिक विदा कायम गर्नुपर्ने, नेपाल सरकारसँग भएका ६ बुँदे सहमतिहरुलाई तत्काल कार्यान्वयन गरी राष्ट्रिय ख्रीष्टियन आयोग गठन तथा नेपाली ख्रीष्टियन चर्चहरुको सम्पत्ति तथा दायित्वहरु व्यवस्थित् गर्नका लागि नीतिगत व्यवस्था गर्नुपर्ने, नेपाल सरकारसँग भएको ३ बुँदे सहमति अनुसार नेपाली ख्रीष्टियन समूदायको लागि तत्काल समाधिस्थलको व्यवस्था गर्नुपर्ने र गत भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याएको मुलुकी ऐन–२०७४, मुलुकी अपराध (संहिता) ऐनका परिच्छेद ९ को १५७ र १५८ मर्मविपरित भएका प्रावधानहरुलाई तत्काल संशोधन गर्नुपर्ने रहेका छन् ।

महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘स्वाभिमान र अधिकारसम्पन्न नेपाली ख्रीष्टियन समूदायको सुनिश्चितताको लागि धार्मिक, सामाजिक, आर्थिक, समावेशी र समृद्ध नेपालको परिकल्पना गर्दै विश्वभरि रहेका नेपाली भाषी मण्डलीहरुसँग सहकार्य गर्दै परमेश्वरको महिमाको निम्ती राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल निरन्तर रुपमा क्रियाशिल रहेको अवगत गर्दै प्रतिबद्ध रहेको कुरा जानकारी गराउँदछौं ।’

कार्यक्रममा महासंघका अध्यक्ष सि.बी. गहतराजले सर्वोच्च अदालतले पनि ख्रीष्टमसको दिन दिईँदै आएको सार्वजनिक विदालाई कटौती नगर्न आदेश दिएको सुनाउँदै भने,‘सरकारले पनि हामीसँग यो अवसरमा विदा दिने भनेर सार्वजनिक रुपमै सहमति गरिसकेको अवस्था छ । तर, अहिलेसम्म उक्त सहमति कार्यान्वयन भएको छैन् ।’ उनले सार्वजनिक विदासम्बन्धी बनेको पूनरावलोकन समितिले पनि १३ वटा सार्वजनिक विदाभित्र ख्रीष्टमसलाई पनि समावेश गरिएको उनले सुनाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu