Connect with us
Kapilvast Forest

नागरिकता विधेयकविरुद्धको आन्दोलनमा तीनको मृत्यु

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

भारत । भारतमा जारी नागरिकता विधेयकविरुद्धको आन्दोलनमा तीनजनाको मृत्यु भएको छ ।भारतको संसदले ल्याएको नागरिकता सम्बन्धी विधेयकमा मुश्लिम समुदायलाई धार्मिक रुपले विभेद गरिएको भनेर केही दिनदेखि आन्दोलन जारी रहेको छ ।समाचारमा जनाइए अनुसार बिहीबारको आन्दोलनमा तीनजनाको मृत्यु हुनुका साथै सयौँ आन्दोलनकारी पक्राउ परेका छन् । प्रहरीले आन्दोलनकारीमाथि चलाएको गोली लागेर कर्नाटकमा दुईजना र उत्तर प्रदेशमा एकजनाको मृत्यु भएको जनाइएको छ ।

बढ्दो आन्दोलनका कारण भारतीय सरकारले विभिन्न स्थानमा विरोध र जुलुश गर्न नपाउने गरी प्रतिबन्ध र केही स्थानमा कफ्युसमेत जारी गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu