Connect with us
Kapilvast Forest

दरबन्दी अनुसार कर्मचारी नहुदा मालपोत तथा भुमीसुधार कार्यालयमा समस्या

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

कपिलवस्तु ।
एक दुई बर्ष अघि सम्म मालपोत तथा भृुमी सुधार कार्यालय कर्मचारीहरुकालागि आकर्षक थियो । कमाई बढी हुने भएकाले त्यहा जना कर्मचारीहरु महरिहत्ते गर्थे । मालमा जान सोर्स, फोर्स र प्रैसा पनि बुझाउने गर्थे । तर कर्मचारीहरुको रोजाई र आकषर्ण बनेको मालपोत कार्यालय एक दुई बर्ष यता कोही आउन मान्दैनन । अख्यिारको निशानामा परे पछि आम्दानी पनि पलिले जस्तो नहुने र कारबाही हुने डरले मालमा अहिले कोही आउन नमान्ने कर्मचारीहरु बताउछन । त्यसको ज्वलन्त उदाहरण बनेको छ कपिलवसतुको तौलिहवा स्थित भुमि सृुधार तथा मालपोत कार्यालय । जहा एक बर्ष बढी देखि दरबन्दी अनुसार कर्मचारी र्छैनन । समायोजन भएर जानृे गए पनि आउनेहरु अझै सम्म कार्यालयमा हाजिर भएका छैन । कमचारी समयोजन हुँदा बिभिन्न कार्यालयमा कर्मचारी सरुवा भएर गएको र नयाँ कर्मचारी नआउँदा सेवा प्रवाहमा समस्या भएको कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयको प्रशासन फाट अनुसार ३९ दरबन्दी भएको कार्यालयमा १३ जनाले कार्यालय हाक्ने गरेका छन । मालपोतमा कार्यालय प्रमुखको रुपमा उप सचिवको दरबन्दी छ । तर त्यो बिगत २ बर्ष देखि रिक्त छ। उप सचिव ईश्वरी प्रसाद भण्डारी सरुवा भएर गए देखि त्यो पद रिक्त छ । त्यस यता शाखा अधिकृतले कार्यालय प्रमुख बनेर काम गरीरहेका छन । कार्यालय प्रमुख रिषीराम पौडेलले समायोजन पछि कर्मचारी नआउदा मालमा कामकाज गर्न ठुलो समस्या आएको बताए ।

‘ एक दुई बर्ष सम्म मालपोत कार्यालयमा कर्मचारीहरु आउन हानथाप नै गर्थेए तर अहिले कोही आउन मान्दैनन ’ उनले भने ‘ । सरकारले समयोजन गरेको धेरै समय बित्यो तर कर्मचारीहरु नआएको उनले गुनासो गरे । ‘ ३९ जनाको काम १३ जानाअलदे गर्दा निकै समस्या आएको छ ’ उनले भने । मालमा खरिदार देखि उपसचिव सम्मका कर्मचारीको अभाव छ । सेवाग्राहीको चाप हुने महत्वपूर्ण फाँटहरुमा कर्मचारी नहुँदा काम प्रभावित भएको छ । कामको चाप र कर्मचारीहरुको अभावले एक दिन मै हुने काम एक हप्ता सम्म लाग्ने गरेको छ । एउटा कर्मचारीले २ देखि ३ वटासम्म फाटको कामकाज गर्नुपर्नै अवस्था रहेको छ । मालपोत कार्यलयमा सबैभन्दा महत्वपूर्ण मानिएको मुद्दा फाँट र मोठ फाटमा कर्मचारी नहुँदा बढी मात्रमा समस्या देखा परेको हो ।

लेखापढी ब्यवसायी संघका अध्यक्ष बिष्णु मुराउले मालमा कर्मचारी अभावले सेवाग्राही र आफनो पेशमा समेत समस्या आएको गुनासो गरे । ‘ सेवाग्राहीको एक दिनमा काम हुन मुस्लिक छ, त्यसले गर्दा सेवाग्राही त मर्कामा परेका छन नै हामीलाई समेत समस्या पारेको छ ’ उनले भने अहिले १ उपसिचवको पद रिक्त छ , ३ जना अधिकृत मध्ये २ जना मात्र कार्यरत छन् ।१२ नासुको दरबन्दी रहेकोमा ५ जना मात्र कार्यरत रहेको छन् । ९ जना खरिदार मध्ये ३ जना, २ जना कम्युटर अपरेटर १ जना, डाईभर १ जना लेखापाल अस्थायी र १० जना कार्यालय सहयोगी रहेको पाईएको छ । कर्मचारी अभाव र समायोन भएका कर्मचारीह नआएका बारे प्रशासन कार्यालयलाई पटक पटक ध्यानाकषणर्् गराईएको कार्यालय प्रमुख पोडेलले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu