Connect with us
Kapilvast Forest

सहकारी रकम हिनामिना सहकारीका ब्यवस्थापक सहीत ३ पक्राउ, २४ दिन देखि सहकारी बन्द

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

कपिलवसतु ४ पुस –
कपिलवसतुको तौलिहवा स्थित कपिलवसतु बचत तथा रिन सहकारीको १२ करोड बढी रकम हिनामिनान गरेको प्रकरणमा सहकारी ब्यवस्थाापक सहीत थप ३ जना पक्राउ परेका छन । प्रहरी अनुसार बुधवार तौलिहवा बजारबाट ब्यवस्थापक अबिनाश देव पाण्डेय, क्यास कान्उटर कर्मचाारी राकेश कुमार ठाकुर र संकलक श्रवण कुमार तेली गुप्ता पक्राउ परेका हुन । यस अघि मंसिर ११ गते नै ठगीको आरोपमा कार्यालय सहायक राजेश कुमार कान्दु पक्राउ परेका थिए ।

सहकारीका अध्यक्ष रामेन्द्र सिंह अनुसार प्रारंभिक बिवरण अनुसार कुल १२ करोड २१ लाख रुपैया हिनामिान भएको छ । कार्यालय सहयाृेगी कान्दुको बयान र अनुसंधानकाक्रममा ३ जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए । हिनामिनामा चारै जनाको मिलेमतो देखिएको उनले बताए । पक्राउ परेका चार जनामाथी ठगी र स्रंगठीत अपराधमा मुद्दा चलाईएको मल्ले बताए । हिनामिन प्रकरण बाहिर आए पछि सहकारीले नेपाल सहकारी संघलाई स्वतन्त्र छानबिनकालागि मान्छे पठाउन आग्रह गरेको थियो । सोहश्ी आग्रह अनुसार २ सदस्यीय छानबिन समितिले २०७२ यताका ४ बर्ष हरहिसाब समेत निरीक्ष्णर अध्ययन गरेको अध्यक्ष रावलले बताए ।

‘ हामीले हिनामिना भएको रकमको निश्पक्ष छानिबिन गरीरहेका छौ ’ उनले भने ‘ सर्वसाधारणको रकम सुरक्षित छ डराउनु पर्दैन ’ । प्रहरी श्रोत अनुसार कार्यालय सहयोगी कान्दुले आफुले गरेको हिनामिना रकम बारे स्विकार गरेको छन । बंकका सिईओ मुकुन्द बर्मा अनुसार प्रारंभिक विवरण अनुसार बचत र कर्जा तर्फको रकम गोलमोल गरिएको हो । सहकारी श्रोत अनुसार कान्दु बस्ने काउन्टरमा दजनौ नागरिकता भेटिएको छ ।

यस्तै सय बढी फर्जी खाता समेत खोलिएको पत्ता लागेको छ । त्यस्तो खातामा सामान्य ब्यक्तिले समेत लाखौ रुपैयाको कारोवार गरेको भेटिएको छ । सहकारीका कार्यालय सहायक राजेशकुमार कान्दुले १ करोड ४ लाख ३२ हजार ७ सय १२ रुपैयाँ हिनामिना गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत मुकुन्द बर्माले बताए । २०५२ सालमा स्तापना भएको सहकारीमा लेखाको नियम अनुसार खातापाता ब्यवस्थित गरिएको थिएन । सहकारीमा शेयर पुजी बापत १ करोड छ लाख, २१ करोड ६४ लाख निक्षेप संकलन भएको र १० करोड ठढ लाख रिन लगानी रहेको छ । हिनामिना प्रकरण बाहिर आए पछि मंसिर ११ देखि नै सहकारी बन्द छ । सहकारी बन्द हुदा बचतकर्ताले रकम निकालन पाएका छैनन

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu