Connect with us
Kapilvast Forest

सन्धिखर्क नगरपालिका ८ का गर्भवती महिलालाई पोषिलो खाना वितरण

२०७६, ५ पुष शनिबारमा प्रकाशित

पुस ५,अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ८ का गर्भवती महिलालाई पोषिलो खाना वितरण गरिएको छ । गर्भ परीक्षण गरेका आधारमा पोषण सामाग्री वितरण गरिएको हो ।
गर्भवती महिलाललाई अण्डा, चना, आयोडिन नुन र हरियो झण्डा वितरण गरिएको छ । पोषण प्राप्त हुने सामाग्रीको वितरणले गर्भवती हुने महिलाहरुमा पोषणको मात्रा पूरा हुने भएकाले गर्भवती र सुत्केरी महिलाहरुका लागी वडा अध्यक्ष पोषण प्याकेज कार्यक्रमको सुरुवात गरेको वडा अध्यक्ष ईश्वरी प्रसाद भूसालले बताउनु भयो ।

पोषण सामग्री वितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल भूसालले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले विशेष खालको योजना बनाएर अगाडी बढेको बताउनु भयो । वडामा रहेका सबै गर्भवती महिलालाई पोषण सामाग्री वडाले वितरण गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu