गुल्मीमा जलेर एकको मृत्यु
गुल्मी । इस्मा गाउँपालिका -३ तोरीपाटामा गोठमा आगलागि हुँदा एक जनाको ज्यान गएको छ । स्थानीय सुरज बमरेलका अनुसार चिन्ता बहादुर सार्कीको गोठमा राती आगलागि भएको हो ।
आगलागि पछि जलेको अवस्थामा एक जनाको शव भेटिए पनि पहिचान भने हुन नसकेको इस्मा प्रहरी चौकीका हवल्दार दया बहादुर अधिकारीले जानकारी दिए ।
गोठ भएको घरका कुनै व्यक्ति घरमा नभएकाले जलेको शव छिमेकी वा बाहिरको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीके भनाइ छ । गोठमा रहेका भैंसी र गोरुसमेत जलेका छन् ।