Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीको ‘रिट्वीट’ बारे थापाकाे स्पष्टिकरण

२०७६, ५ पुष शनिबारमा प्रकाशित

काठमाडाैं ।  भारतीय प्रमुख प्रतिपक्षी दल कांग्रेस अध्यक्ष सोनिया गान्धीको भिडियोलाई प्रधानमन्त्री ओलीको भेरिफाइड ‘ट्वीटर’ ह्याण्डलबाट ‘रिट्वीट’ भएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्टिकरण दिनुभएको छ ।कांग्रेस अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ रिट्वीट भएको देखिन आएको भन्दै थापाले पासवर्डको दुरुपयोग गरी यस्ताे गरिएको हुनसक्ने उल्लेख गर्नुभएको हाे ।

पासवर्ड दुरुपयोगको आशंकामा छानविन भइरहेको र कुनै पनि प्रकारको गलतफहमिमा नपर्न समेत थापाले आफ्नो ट्वीटमार्फत आग्रह गर्नुभएको छ ।प्रधानमन्त्री ओलीको भेरिफाइड ट्वीटर ह्याण्डलबाट रिट्वीट भएको गान्धीको भिडियो सन्देशमा भाजपा सरकारले जनताको आवाज सुन्नुपर्ने उल्लेख छ । भिडियोमा गान्धीले अधिकारका लागि संघर्षमा उत्रिएका जनतालाई आफ्नो साथ रहेकोसमेत बताउनुभएको छ ।

प्रेस संयोजक थापाको ट्वीट यस्तो छ :

‘सम्माननीय प्रधानमन्त्रीज्यूको ट्वीटर बाट अन्यथा देखिन आएको छ। पासवर्डको दुरूपयोग गरि यस्तो गरिएको हुनसक्ने आशंकामा छानविन भइरहेको छ । तसर्थ कुनै प्रकारको भ्रम र गलतफहमीमा नपर्न अनुरोध गर्दछु ।’

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले रिट्वीटलाई अन्यथा भएको र सामान्य रुपमा लिन बताउनुभए पनि सामाजिक सन्जालमा यो विषयको चर्चा बढ्न थालेको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu