कस्ता खेलाडीलाई अन्तर्राष्ट्रिय भन्ने ?
काठमाडौं । अन्तर्राष्ट्रिय खेलाडीको परिभाषाका विषयमा कुरा नमिल्दा प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति बैठक लम्बिएको छ । शुक्रबार बसेको बैठकमा पनि खेलाडीहरुको परिभाषा स्पष्ट हुन नसकेपछि बैठक लम्बिएको हो ।बैठकमा कुरा नमिलेपछि समिति सभापति जयपुरी घर्तीले युवा तथा खेलकुद मन्त्रालयलाई थप गृहकार्य गरेर आउन निर्देशन दिनुभएको छ ।
बैठकमा कांग्रेस सांसद गगन थापाले खेलाडी छनोट गर्दा अन्तर्राष्ट्रिय खेलमा सहभागि हुने खेलाडी भनेर छनोट गर्ने तर कुनै पदक नल्याएपछि अन्तर्राष्ट्रिय खेलाडी होइन भन्न नमिल्ने बताउनुभयो ।त्यसैगरी नेकपा सांसद जीवनराम श्रेष्ठले पनि मेडल जित्नु र सहभागि हुनु फरक कुरा भएकाले सहभागि हुने खेलाडीलाई समेत अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्नेमा जोड दिनुभएको छ ।
अन्तर्राष्ट्रिय खेलमा सहभागि भएर पदक ल्याएका खेलाडीलाई मात्र अन्तर्राष्ट्रिय खेलाडी भन्ने वा सहभागि हुने सबैलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिने भन्ने विषयमा समितिमा कुरा मिल्न सकिरहेको छैन् ।