Connect with us
Kapilvast Forest

काठमाडौं म्याराथनको उपाधि रावल र कोजुलाई

२०७६, ५ पुष शनिबारमा प्रकाशित

काठमाडौं । काठमाडौं म्याराथनको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावल र महिलातर्फ एपीएफकी कान्छिमाया कोजुले जितेका छन् ।शनिबार भएको १३ औँ संस्करणको काठमाडौं म्याराथनमा आर्मीका नरेन्द्रले निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गरे । म्याराथनको उपाधि जितेपछि रावलले आफ्नो पहिलो म्याराथन भएको र पहिलो पटक नै उपाधि जित्दा खुसी लागेको बताए ।

म्याराथन कसरी कुद्ने भन्ने नै थाहा नभएको बताउँदै उनले भने, ‘जुत्ता पनि राम्रो थिएन् । अरुको १३, १४ हजारको जुत्ता हुन्छ मेरो ३ हजारको जुत्ता थियो ।’ उनले म्याराथनको रुट भने राम्रो नभएको र भोलेन्टियरहरुलाई समेत रुटका विषयमा थाहा नभएको गुनासो गरे ।एपीएफकी कोजुले काठमाडौं म्याराथनमा ह्याट्रिक गरेकी हुन् । उनले आफ्नो होम ग्राउण्ड भएकाले केही सजिलो भएपनि रुटमा अलमल भएको गुनासो गरिन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको म्याराथनमा आर्मीकै बेद बहादुर सुनार द्वतिय भए । उनले २ घण्टा ३४ मिनेट २० सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए । आर्मीकै ज्ञान प्रसाद भट्टराई २ घण्टा ३४ मिनेट ४५ सेकेण्डको समयसहित तेस्रो भए ।

महिलातर्फ आर्मी क्लबकी सरिता बासी दोस्रो भइन् । उनले ३ घण्टा १९ मिनेट ७ सेकेण्डमा दुरी पूरा गरिन् । त्यस्तै निर्जला ताम्राकार ३ घण्टा ४५ मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् ।

म्याराथन त्रिपुरेश्वरबाट शुरु भएर थापाथली हुँदै कुपण्डोल, पाटन गेट, चाकुपट, युएन पार्क, शंखमुल, बानेश्वर, तीनकुने हुँदै कोटेश्वर चोक घुमेर एयरपोर्ट, गौशाला, पशुपती, रातोपुल, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घन्टाघर, भद्रकाली र सहिदगेट हुँदै त्रिपुरेश्वर रंगशालामा पुगेर सकिएको थियो ।म्याराथन विजेताले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu