Connect with us
Kapilvast Forest

गुडिरहेको ट्याक्टरमै उर्मिलाले जन्माइन् छाेराे,गाउँपालिकामा छैन एम्बुलेन्स

२०७६, ५ पुष शनिबारमा प्रकाशित

  • सनिउल्ला धोबी कपिलवस्तु ५ पुष,

एक गर्भवती महिला गुडिरहेको ट्याक्टरमा सुत्केरी भएकी छन् । कपिवस्तुको विजयनगर गाउँपालिका वडा ५ कटुवा गाँउकी एक महिलाले ट्याक्टरमा नै बच्चा जन्माएकी छन । सुत्केरी व्याथा लागेपछि लागेपछि अस्पताल ल्याउने क्रममा उनले ट्याक्टरमा नै बच्चा जन्माएकी हुन । आज विहान विजयनगर गाउँपालिका वडा नं. ५ कटुवा गाउँकी उर्मिला कोरी सुत्केरी व्याथाले छटपटाए पछि उनको परिवारले उनलाई सुत्केरी गराउन चन्द्रौटा ल्याउदा उनको बाच्चा जन्मीएको हो । एम्बुलेन्समा लानु पर्ने तर विजयनगर गाउँपालिकामा नै एम्बुलेन्स नभए पछि घरमा रहेको लु ३ त २४४८ नम्बरको ट्याक्टरमा उर्मिला ट्याक्टरमा नै राखि चन्द्रौटा ल्याउदा उनको छोरा जन्मीएको हो ।

गर्भवती महिला त्यो पनि सुत्केरी व्याथाले च्यापेको अवस्थमा ट्याक्टरमा उफार्दै करिब १५ किलोमिटरको दुरी पार गरी उर्मिलालाई चन्द्रौटा ल्याउदै गर्दा बच्चा जन्मीएको हो । चन्द्रौटा होटल अगाडी विच शहरमा उर्मिलालाई व्याथाले च्यापेपछी बाच्चा जन्मीएको हो । विहान १० बजे बच्चा जन्मेपछि अस्पताल नै नपुगि घर फर्किन लागेको उर्मिलाका सासु कमलावती कोरीले बताइन । गाँउमा एम्बुलेन्स नहुदा टेक्टरमा ल्याउदा यो जाडोयममा बाच्चा जन्मीएको उनले बताइन ।

गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकोले आफुले डेलिभरी गराउन शिवराज नगरपालिका चन्द्रौटामा ल्याउनु परेको परिवारले बताएका छन । गाउँपालिकाले हाल सम्म एम्बुलेन्स खरिद नगर्दाको पिडा आफु जस्तै अरु गाउँपालिका बासीको रहेको कलम कोरीले । भगवानको कृपाले मेरो बुहारी र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ नत्र यस्तो समस्यामा जे पनि हुनसक्थ्यो कोरीले भने । गरिब छौ स्थानिय तहले एम्बुलेन्सको लागि कुनै पहल नगर्दा समस्या भएको कमल कोरीले बताए ।

यता विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरिद र संचालनका लागी प्रयास र पहल भने नगरेको होइन । यस आर्थिक बर्षमा एम्बुलेन्स खरिदका लागी गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । यस बर्ष दातृ निकायबाट सहयोग प्राप्त भयो भने २ वटा एम्बुलेन्स संचालन हुने गाँउपालिकाको भनाई रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu