Connect with us
Kapilvast Forest

२६ पत्रकार सम्मानित

२०७६, ५ पुष शनिबारमा प्रकाशित

काठमाडौं । प्रदेश नं ३ का पर्यटकीय गन्तव्य क्षेत्रको खोजी गरिरहेका पत्रकारको प्रतिनिधिमण्डललाई नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले सम्मान गरेको छ । काठमाडौँमा आज भएको कार्यक्रममा महासङ्घका अध्यक्ष शान्ताराम बिडारीले पत्रकारलाई सम्मान गरेका हुन् । प्रदेश नं ३ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रदेशअन्तर्गतका विभिन्न हिमाली तथा पहाडी जिल्लाका प्राचीन सांस्कृतिक, ऐतिहासिक सम्पदा र धार्मिकस्थलको एक सातादेखि अध्ययन अवालेकन भ्रमण गरिरहेको छ ।

महासङ्घका अध्यक्ष बिडारीले भने, “प्रदेश नं ३ का पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास छ”, उनले थपे, “प्रदेश नं ३ ले यहाँका पर्यटकीय क्षेत्रको प्रचारका लागि मोफसलका सञ्चारमाध्यमलाई सहयोग गर्नुपर्छ र प्रेस काउन्सिलले पनि यस्ता मिडियालाई भरपुर सहयोग गर्नुपर्छ ।”

सिन्धुलीको सिन्धुलीगढी, दोलखाको कालिञ्चोक, भीमेश्वर मन्दिर, जिरी, सिन्धुपाल्चोकको तातोपानी, बाह्रबिसे, नुवोकाटका विभिन्न धार्मिकस्थल, रसुवा, चितवनका पर्यटकीयस्थल लगायतका क्षेत्रको भ्रमण गरिने संयोजक ताराप्रसाद शिवाकोटीले जानकारी दिए । त्यसैगरी प्रदेश नं ३ सरकारले काठमाडौँमा आज भ्रमण वर्ष २०२० को प्रचारप्रसारलाई सहयोग पुर्‍याउन म्याराथन दौड प्रतियोगितासमेत सम्पन्न गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu