२ सय ४५ ‘सडक मानव’ महानगरकाे नियन्त्रणमा
काठमाडौं । काठमाडौ महानगरपालिकाले २ सय ४५ जना सडक मानवलाई नियन्त्रणमा लिएको छ ।
महानगरको २५औँ दिवसको अवसर पारेर मंसिर २९ गतेबाट शुरु गरेको मानवरहित सडक कार्यक्रम अन्तर्गत हालसम्म २ सय ४५जनालाई नियन्त्रणमा लिएको हो । महानगरले नेपाल प्रहरी, विभिन्न वडाका जनप्रतिनिधि र मानव समाज केन्द्रको सहयोग काठमाडौका विभिन्न सडक, मन्दिर, पाटी पौवामा बस्ने मानिसहरुलाई नियन्त्रणमा लिएको काठमाडौं महानगरपालिका शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँबरले जानकारी दिनुभएको छ ।
नियन्त्रणमा लिएकामध्ये १ सय २८ जनालाई परिवारिक मिलन ९ जनालाई विभिन्न अस्पतालमा उपचार र कोही नभएका २५ जनालाई मानव सेवा केन्द्रमा पठाइएको छ ।