Connect with us
Kapilvast Forest

कपिलवस्तुमा आधारभूत पत्रकारिता तालिम संपन्न

२०७६, ५ पुष शनिबारमा प्रकाशित

कपिलवस्तु पुष ५,

कपिलवस्तु जिल्लाको शुध्दोधन गाँउपालिकाको गौरामा २ दिने आधारभूत पत्रकारिता तालिम संपन्न गरिएको छ । शुध्दोधन गाँउपालिका वडा नम्बर ६ को सहयोग एबं डायानमिक सामजिक बिकास संस्थाको आयोजनामा भएको तालिममा वडा भित्रका ३० जना युवाहरुको सहभागितामा रहेको थियो ।

गाउपालिका अध्यक्ष निशार अकद खाले पत्रकारिता क्षेत्र मर्मा्दित बनाउनु पर्नेमा जोड दिए । शुध्दोधन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णा ज्ञवालीले पत्रकारिता क्षेत्रको विकासका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । गाउँपालिकाका गतिबिधी र खोज पत्रकारिता गर्न उनले आग्रह गरे । े ।

तालिममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखा पूर्ब उपाध्यक्ष किरणमान बज्राचार्यले सहभागीलाई आफूले सिकेको कुरा सही रुपमा कार्यान्वयन गर्न सुझाव दिए । कार्यक्रममा गाँउपालिका लेखा अधिकृत ऋषिदेव अर्याल ,लेखापाल जियाउर रहमान खान , प्रविधिक सुवास जैसवाल , मधेशी पत्रकार समाजको जिल्ला सदस्य राघबेन्द्र चौबेको लगायतको सहभागिता रहेको थियो ।

वडाध्यक्ष बिजय यादवको अध्यक्षता, संस्थाको सदस्य बिक्रम विश्वकर्माको सञ्चालन रहेको थियो । तालिममा पत्रकार किरण बमा बज्राचार्य, मनोज श्रीवास्तव , राघबेन्द्र चौबmेले सहजीकरण गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu