नगर प्रमुख अब्दुल कलाम खाँ द्धारा १ सय ४ बालिकालाई साईकल वितरण
सनिउल्ला धोबी, कपिलवस्तु पुस ५-
कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा छात्रालाई साइकल बितरण गरिएको छ । महाराजगन्ज नगरपालिका वडा नं ८ का छात्राहरुलाई सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वय र केयर नेपालको सहयोगमा उडान कार्यक्रमका बालिकाहरुलाई साईकल वितरण गरिएको वाड नं. ८ कजरहवाका अध्यक्ष योगेन्द्र कुमार केसीले जानकारी दिनु भयो ।
महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामको पहल र वडा अध्यक्ष योगेन्द्र केसिको समन्वय मा उक्त वडाका छत्राहरुलाई शनिबार साइकल बितरण गरिएको हो । शिक्षाप्रति महिलाको आकर्षण बढाउने र छत्राहरुलाई सुबिधा तथा समयको सदुपयोग हुने उदेश्यका साथ छात्रालाई साईकल बितरण गरीएको नगरप्रमुख अब्दुल कलामले बताउनु भयो । कजरहवाका १ सय ४ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो उडान कार्यक्रमको इन्द्रीरा भट्टराई स्थानिय समाजसेवीलगायतको उपस्थिती रहेको थियो ।