शिवराज नगरपालिका वडा न. ३ को सार्वजनिक सुनुवाई सम्पन्न
कपिलबस्तु ,पुष ५।
शिवराज नगरपालिका वडा न. ३ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । वडाले गरेका काम प्रभावकारी भए वा भएनन ? नागरिक समक्ष पुग्न सकेकी सकेनन भन्ने जस्ता कार्य चुस्त दुरुस्त हुन सके वा सकेनन बाहिर ल्याउनको लागि सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा बिकास निर्माणको अवस्था,लक्षित वर्गको वजेट,लक्षित समुदायलाई संबोधन भए वा भएनन भन्ने बिषयबस्तु नागरिकले प्रश्नहरु उठाएका थिए ।
जवाफदेहि निकाएको तर्फबाट बोल्दै शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले नगरपालिका तथा वडाले योजना अनुरुप काम गर्न सफल भएको बताउनु भएको छ । नगरप्रमुख अधिकारीले जनताले तिरेको राजस्व हिना बिना नभएको बताउँदै स्थानिय तहलाई नागरिकले सकरात्मक सहयोग गरे मात्र योजना सफल हुने बताउनु भएको छ । नगर प्रमुख अधिकारीले जनताबाट आएका सुझाब अनुसार काम गर्ने प्रतिबद्धता गर्नु भयो ।
प्रमुख अधिकारीले वडामा आवश्यकता अनुसार काम गरेको बताउनु भएको छ । त्यस्तै शिवराज नगरपालिका वडा न.३ का वडा अध्यक्ष टेकलाल सापकोटाले नागरिकलाई संबोधन गर्दै वडाको आवश्यकता अनुसार तिब्र गतिमा काम भएको बताउंदै प्रचारमुखि भन्दा पनि काममुखि भएको बताउनु भएको छ । वडा भित्र रहेका हरेक नागरिकका समस्या संबोधन हुने हिसावले काम अंगाडी बढाएको समेत बताउनु भयो ।
वडा अध्यक्ष सापकोटाले अहिले सम्म आफुले जनप्रतिनिधिले लिने सेवा सुबिधा नागरिकलाई दिएको बताउनु भयो । वडा अध्यक्ष सापकोटाले वडा भित्र रहेका समस्यालाई एक पछि अर्को गर्दै समाधान गर्दै अंगाडी बढेको बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्यालले यस्ता कार्यक्रममा समाजमा भए गरेका कार्यहरु प्रभावकारी भए नभएको समेत आउनु पर्ने बताउनु भयो । अधिकृत अर्यालले अब नागरिकले पुर्ण सरसफाई सम्बिन्धि कार्यान्वयनका लागि चांसो देखाउनु पर्ने बताउनु भयो ।
त्यस्तैे इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख संकर बहादुर बिष्टले नागरिक र स्थानिय सरकार बिचको समबन्धलाई नजिक बनाउन पनि यस्ता कार्यक्रम हुनु पर्ने बताउनु भएको थियो । प्रमुख बिष्टले सुचनाको हक सुनिश्चित गर्न पर्ने यस्ता कार्यक्रम हुनु पर्ने समेत बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाली कांगेश नेता अजय थापाले नगरपालिकाले काम गर्दा सबैको सल्लाह सुझाव अनुसार गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रम किर्डाक नेपालको समन्वयमा शिवराज नगरपालिका वडा न.३ को आयोजनामा समपन्न भएको थियो । कार्यक्रममा किर्डाक नेपालका कार्यक्रम अधिकृत श्री भन्डारी,शिवराज जगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्याल,समयथान माबिका प्रअ.गिरी प्रसाद गैर,वडा प्रहरी कार्यालयका प्रतिनिधि,शिक्षक,संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत नागरिकको बाक्लो सहभागिता रहेको थियो ।
कार्यक्रम शिवराज जगरपालिका प्रमुख नेत्रराज अधिकारीको प्रमुख आथित्यतामा,शिवराज नगरपालिका वडा न.३ का वडा अध्यक्ष टेकलाल सापकोटा अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संचारकर्मी माधब बेल्बासेले गर्नु भएको थियो ।