Connect with us
Kapilvast Forest

प्रभु बैंकले तौलिहवामा आफ्नो शाखा सञ्चालनमा

२०७६, ६ पुष आईतवारमा प्रकाशित

६ पुस, काठमाडौं । प्रभु बैंकले कपिलवस्तु नगरपालिका वडा नं. ०१ स्थित तौलिहवामा आफ्नो २०२ औं शाखा सञ्चालनमा ल्याएको छ । तौलिहवा शाखाको कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले उद्घाटन गरे ।

योसहित बैंकको कुल शाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखारहित सेवा केन्द्र १७ र एटियमको संख्या १ सय ५२ पुगेको जनाइएको छ ।

बैंकको तौलिहवा शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकाले स्थानीयले गुणस्तरीय सेवा पाई लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्धि हुने बैंकले जनाएको छ ।

यस्तै स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा तौलिहवा शाखा कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ बैंकले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu