कांग्रेस जिल्ला सभापति भेला माघभित्र
काठमाडाैं, पुस ७:
कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरूले राजधानीमा बृहत भेला आयोजना गर्ने निर्णय गरेका छन् ।महाधिवेशनको कार्यतालिका र भातृसंस्थाको भागबन्डालाई लिएर पार्टीभित्र विवाद चर्कंदै गर्दा पौडेलपक्षीय १७ जिल्ला सभापतिको आइतवार राजधानीमा बसेको बैठकले माघ महिनाभित्र भेला गर्ने निर्णय गरेको हो । कान्तिपुर दैनिकमा खबर छ ।