बीआरआईले नेपाल चीन थप निकट
काठमाडाैं:
चिनियाँ राष्ट्रपति शी चिनफिङले अघि सारेको आर्थिक तथा पूर्वाधार विकाससम्बन्धी अन्तर्राष्ट्रिय अवधारणा बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) का माध्यमले नेपाल र चीनबीचको मित्रता थप उचाइमा पुग्ने चिनियाँ अधिकारीहरूले बताएका छन् ।
बीआरआई राजनीतिक उद्देश्य प्राप्तिका लागि नभइ आर्थिक सामाजिक विकासका लागि चीनले अघि सारेको विश्वव्यापी कार्यक्रम भएको भन्दै चिनियाँ प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरूले छिमेकी नेपालले यस कार्यक्रमबाट अझ बढी फाइदा लिनसक्ने बताए ।
चीन भ्रमणमा रहेको नेपाली सञ्चारकर्मीको टोलीलाई बीआरआईबारे जानकारी गराउँदै चाइना एकेडेमी अफ सोसल साइन्सका एसिया तथा अफ्रिका मामिला विज्ञ प्राध्यापक हि वेनपिङले विकासशील राष्ट्रहरूले पूर्वाधार विकासमा र विकसित मुलुकले व्यापार वृद्धिमार्फत आर्थिक विकासमा बीआरआईमार्फत फाइदा लिन सक्ने बताएकी हुन् । कारोबार दैनिकमा खबर छ ।