प्रहरीलाई घुस दिन खोज्ने पक्राउ
काठमाडौं । प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् । सिन्धुलीका नविनकुमार खत्री प्रहरीलाई घुस दिन खोज्दा सल्लााघारीमा पक्राउ परेका हुन् ।
बा ३ च ६४२६ नम्बरको कारका चालक रहेका खत्रीले लाइसेन्स र बिलबुकबिना चलाएको सवारी जाँच गर्ने क्रममा १ हजार घुस दिन खोजेको प्रहरीले जनाएको छ ।
खत्रीलाई चाँगुनारायण नगरपालिका -२ दुवाकोट मोडमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउपछि उनीमाथि अनुसन्धान भइरहेको कान्तिपुर दैनिकमा समाचार छ ।