बसको ठक्करबाट क्याम्पसकी छात्राको मृत्यु, आक्रोशित विद्यार्थीले तोडफोड गरे बस
काठमाडाैं, पुस ७:
बसको ठक्करबाट पशुपति क्याम्पस चाबहिलमा अध्ययनरत विद्यार्थीको निधन भएपछि स्थिती तनावग्रस्त भएको छ ।
पशुपति क्याम्पसमा अध्ययनरत सृष्टि पन्तलाई सोमवार बिहान सुकेधारामा बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएपछि ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए ।पशुपति क्याम्पसको विद्यार्थीले भक्तपुरको ठिमी जाँदै गरेको बस तोडफोड गरेका छन् ।