Connect with us
Kapilvast Forest

राष्ट्रियसभा निर्वाचनमा ११ दलले भाग लिने

२०७६, ७ पुष सोमबारमा प्रकाशित

Rastriya-sabha.jpg

 

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ११ राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगमा ११ दलले दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार, निवेदन दिने दलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) रहेका छन्।

निर्वाचनमा सहभागिताका लागि नेपाली जनता दल, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले निवेदन दिएको आयोगले जनाएको छ ।

संविधानअनुरुप निर्वाचन आयोगमा दर्ता कायम रहेका दललाई राष्ट्रियसभा सदस्य निर्वाचनका निवेदन दिन आयोगले गत मङ्सिर २७ गते नै सूचना जारी गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu