नारायणीमा पानीजहाज (फोटोफिचर)
चितवन । भरतपुरमा निमार्ण गरिएको क्रुजसीपको परीक्षण सम्पन्न गरिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को तयारीसंगै क्रुजसीपलाई संचालनमा ल्याईएको हो । नारायणी नदीमा क्रुजसीपु परीक्षण गरेपछि निमार्णकर्ता खुसी छन्।

निमार्णस्थलबाट रहेको पोर्टबाट क्रुजलाई नदीमा राखिएको थियो। चालक दलका केही सदस्यसहित सञ्चालक करिब डेढ किलोमिटर यात्रा गरेका थिए।
राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले परीक्षण सफल भएको बताए । दुई वर्षको अथक प्रयासको प्रतिफलस्वरुप नेपालको इतिहासमा नेपालको पहिलो पानी जहाजकोको रुपमा क्रुजसीपको चर्चा गर्न थालिएको छ।

एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाज निमार्ण गरिएको छ । पानी जहाज नर्वेजियन र भारतीय प्रविधि बाट निमार्ण गरिएको हो।१० टन रहेको क्रुजसीप एक करोड लागतमा निर्माण गरिएको कम्पनीले जनाएको छ ।
