Connect with us
Kapilvast Forest

न्यायपालिकालाई स्वतन्त्र र जवाफदेही बनाउन कानुन व्यवसायीको जोड

२०७६, ७ पुष सोमबारमा प्रकाशित

 

भक्तपुर । कानुन व्यवसायीहरुले न्यायपालिकालाई स्वतन्त्र र जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन् ।बार दिवसका अवसरमा काठमाडौं, भक्तपुर र ललितपुरका तीनवटै बार एशोसियसन र उच्च अदालत बार एशोसियसन पाटनले संयुक्त रुपमा भक्तपुरमा आयोजना गरेको कार्यक्रमका सहभागी कानुन व्यवसायीहरुले न्यायपालिकामा राजनीतिक हस्तक्षेप बढ्दै गएको भन्दै न्यायपालिकामा कुनै प्रकारको हस्तक्षेप हुन नहुने बताएका हुन् ।

कार्यक्रममा नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकालाई स्वतन्त्र र जवाफदेही बनाउन नसक्दासम्म न्यायमा जनताको पहुँच अभिवृद्धि हुन नसक्ने बताउनुभयो । बार अध्यक्ष श्रेष्ठले बार र अदालत एक सिक्काका दुई पाग्राका रुपमा रहेपनि बार र बेन्चबीच अझै सुमधुर सम्बन्ध स्थापित हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाल कानुन आयोगका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता बाबुराजा जोशी, वरिष्ठ अधिवक्त एकराज भण्डारी, अधिवक्ता रमण कुमार श्रेष्ठ, नेपाल बारका काठमाडौंका अध्यक्ष जगदिश घिमिरे, ललितपुर बार अध्यक्ष दिपक कुमार बिष्टलगायतले बेन्च र बारबीच बिश्वासको वातावरण बनाउदैं निष्पक्ष न्याय सम्पादनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu