कपिलवस्तुका पासी परिबार बिचल्ली कसले लगाउला पार?
निरहु यादव ,कपिलवस्तु ।आमाबाबुको मृत्युपछि जंगली भन्ने सोमई पासीको ७ परिवार बिचल्लीमा परेका छन् । कृष्णनगर नगरपालिका ८ दयानगर बस्दै गरेका पासीका कुनै सदस्य परिवारले नागरिकता नपाएकोले राज्यबाट पाउने हरेक सेवासुबिधाबाट बन्चित हुनुको साथै बालबालिकाहरुले स्कुल पढ्न समेत पाएका छैनन् ।
साबिक गा बि स थुन्हिया ७ सेमरी बस्ने बुबा भगवती पासी र आमा गैदा पासी को मृत्यु पश्चात् ३ दाजु भाइ तथा एक बहिनी मामा घर दयानगर बस्दै आएका थिए । गरिबीको कारण बिद्यालय नै न गएका त दाजुभाइले अर्काको खेतमा काम गरि जीवन गुजारा गर्नु बाहेक अरु केहि सिक्ने मौका पाएनन् यसरी समय बित्दै ३० बर्ष काटेको र सोमई पासीको पनि छोराछोरी स्कुल जाने उमेरका भए पछि स्कुल भर्न हुन जन्म दर्ताको आवश्यक पर्दा मात्र नागरिकता खोजे पासीले ।
२०५९/६० मा दयानगरमा भीषण आगलागी हुँदा आमाबुबाको नागरिकता तथा दाजुभाइको जन्म दर्ताको सक्कल कागजातसमेत जलेर नष्ट भएको थियो भने फोटोकपी चाहिँ दिदीको घरमा भेटियो । त्यसैको आधारमा भाइहरुको, जन्म दर्ता , आमाबाबुको मृत्यु दर्ताको प्रथम प्रतिलिपी लिइएको , नागरिकता लिने प्रक्रियामा जादा आमाबाबुको नागरिकताको अभिलेख खोज्दा बुवा भगवती पासीको अभिलेख जिल्ला प्रशासन तौलिहवामा नभेटेपछि प्रक्रिया रोकिएको छ । यस स्थितिले गर्दा सोमई पासीका ४ छोराछोरी बिद्यालय छोडन समेत बाध्य भएका छन ।
अभिलेख राख्ने जिम्मेवारी कार्यलयको भएपनि कार्यलयको लापरबाहीले आफुले दुख भोग्नुपरेको गुनास पनि सोमई पासीले गरिरहेका छन् । यसरी प्राकृतिक बिपत्तीमा परेर बिचल्ली खेपी रहेका पासी परिवारलाई प्रशासन, प्रिितनिधि र भद्रभलाद्रमी तथा जानकारहरु बसेर समस्या सल्टाउनु पर्ने देखिन्छ ।