Connect with us
Kapilvast Forest

सुन्तलाले बजार पायो तर ढुवानी महङ्गो

२०७६, ९ पुष बुधबारमा प्रकाशित

orange suntala

नवलपरासी-

अहिले सुन्तलाको सिजन छ । नेपालका अधिकांश पहाडी क्षेत्रमा सुन्तला खेती हुन्छ । यसवर्ष सुन्तलाको उत्पादन पनि राम्रो छ ।उत्पादन मात्रै होईन, बजार समेत राम्रो पाएपछि, नवलपरासीको पहाडी क्षेत्रका किसान खुशी भएका छन् ।

केहिवर्ष अघिसम्म बलिङ्टार ५ का खिमबहादुर थापा डोकोभरी सुुन्तला बोकेर कावासोती र दलदलले पुग्नुहुन्थ्यो । २८ किलोमिटर लामो पैदल यात्रापछि पुगिने बजारले कहिल्यै उचित मूल्य दिएन ।अहिले अवस्था फेरिएको छ । सुन्तलाको भारी बोकेर बजार डुल्नु पर्दैन । सडक र ढुवानीको व्यवस्थाले केही सहज बनाएको किसानहरु बताउँछन् ।तर ढुवानीको लागत भने बढि छ । जसले सुन्तला किसानलाई गुनासो गर्ने ठाउँ दिएको छ । किसानले फलाएको सुन्तलामा विषादी प्रयोग गरिएको छैन ।

सुन्तलाबाट रोजगारी र आम्दानीको सम्भावना देखेका किसान, सरकारी सहयोग पाए पूरै गाउँभरी सुन्तला खेती गर्न सकिने बताउँछन् स्थानीय लालबहादुर नेपालीले शिक्षण पेशा छोडेर सुन्तला खेती शुरु गर्नुभएको छ । सुन्तला खेती गर्ने योजना बनाएका किसान, स्थानीय सरकारको सहयोगको प्रतिक्षामा छन् ।बुलिङ्टारसँगै हुप्सेकोट र गैैडाकोटका पहाडी क्षेत्रमा सुन्तला खेतीको राम्रो सम्भावना छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu