Connect with us
Kapilvast Forest

बाल विवाह र दाइजो प्रथा मधेशको समस्या ।।

२०७६, ९ पुष बुधबारमा प्रकाशित

 

दिपक के.सी. कपिलवस्तु-

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ का नागरिकले मधेशमा अझै पनि दाइजो प्रथाले कतिपयको घरबार नै विग्रीएको बताएका छन । सानै नै हुने बाल विवाहले महिलाहरुको स्वास्थ्य तथा सामाजिक विकासमा समेत हानी पुगेको स्थानिय महिलाहरुले जनाएका छन । स्थानिय मैटवाकी रीना चौधरीले बाल विवाहले महिलाको शारिरिक र मानसिक रुपमा नै विक्षिप्त पार्ने हुदाँ बाल विवाह रोक्नु पर्ने जनाए ।
समाज हुने हिसाँ कहि न कहि बाल विवाह र दाइजो संगै जोडिएको हुने उनले बताइन । दिगो तथा मर्यादित सामाजिक आर्थिक शशक्तिकरण (सिड्स) कार्यक्रम अन्तर्गत दाइजो प्रथा, बाल विवाह, छुवाछुतको सवालमा आमसंचार कार्यक्रममा सहभागिहरुले दाइजो प्रथाले मधेशलाई च्यापेको बताएका छन । केटा पक्षले मागे जति दाइजो दिन सक्दाँ छोरीको विवाह गर्न समेत अप्ठ्यारो हुने गरेको स्थानिय कपुर कुर्मिले बताए ।

स्थानिय स्तरमा संचालित किशोरी संवाद केन्द्रकी एनिमेटर सुनिता मिश्रले बाल विवाह केहि हद सम्म नियन्त्रण भएको भए पनि दाइजो माग्ने र दिने प्रथा भने अझै जरो गाडेर रहेको बताइन । दाइजो ,बालविवाह जस्ता प्रथालाई समाजबाटै निर्मूल पार्न आफ्ना बालबालिकालाई विद्यालयमा पढ्न पठाउनु पर्ने प्रतिभा किशोर किशोरी संवाद केन्द्र अध्यक्ष रिनु यादवले बताइन । अभिभावकले छोरा र छोरीमा भेदभाव नराखी दुवैलाई बराबर शिक्षादिक्षा दिनु पर्ने यादवले बताइन । छोरीलाई दाइजो होइन , शिक्षा दिएर स्वाभिमानी बनाउनु पर्नेमा उनले जोड दिइन ।

कार्यक्रममा वडाका अध्यक्ष रामेश्वर बर्माले कानुनत अपराध मानिएको बाल विवाह र दाइजो प्रथा हटाउन समाजका सबैले सहकार्य गर्दै आफ्नो चेतनाको विकास गर्नु पर्ने र छोरा छोरीको पढाइलेखाइमा नै जो दिनु पर्ने उनले बताए । कहि कतै कसैले जातिय विभेद, बाल विवाह र दाइजो मागेको भए त्यस्तो रोक्न सबै लाग्नु र कानुनले पनि सहयोग गर्ने अध्यक्ष बर्माले बताए ।
सामाजिक संघसंस्थाहरुले पनि कुप्रथाहरु अन्त्य गर्नका लागी जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको र यस्ता जनचेतनामूलक कार्यक्रममा स्थानियहरु पनि सहभागि हुनु पर्ने किर्डाक नेपालका कार्यक्रम संयोजक श्रीबहादुर भण्डारीले बताए । कार्यक्रम वडा अध्यक्ष रामेश्व बर्माको अध्यक्षता र स्थानियहरुको सहभागितामा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu