नगरपालिका कार्यालयमा शंकास्पद वस्तु
काठमाडौं । रौतहटको ईशानाथ गाउँपालिका कार्यालयमा शंकास्पद वस्तु फेला परेको छ । बुधबार बिहान कार्यालय परिसरमा शंकास्पद वस्तु फेला परेको हो ।
शंकास्पद बस्तु फेला परेपछि प्रहरीले सुरक्षा अवस्था कडा बनाएको छ । घटनास्थलमा अहिले नेपाली सेनाकाे डिस्पाेजल टाेली जाँदै गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । शंकास्पद वस्तु कसले राख्यो भन्ने खुलेको छैन ।