Connect with us
Kapilvast Forest

बुटवलमा सुकुम्बासी जग्गाको अभिलेखीकरण गरिँदै

२०७६, ९ पुष बुधबारमा प्रकाशित

पुस ८,  बुटवल : बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने अव्यवस्थित बसोबास व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्यांक संकलन गर्ने कामको थालनी गरेको छ। बुटवल-११ को सुकुम्बासी बस्ती संजिवनी चोकबाट नापजाँच गरि अभिलेखीकरणको काम सुरुवात गरेको हो। नगरको प्रथम बैठकबाट पारित योजनाअनुसार अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा व्यवस्थापन समितिले तथ्यांक संकलनको लागि नापी सुरु भएको हो।

चैत्र मसान्तभित्र पहिलो चरणको मापन सकेर दोस्रो चरणको नापी कार्य सुरुवात गरिने उपमहानगरपालिकाले जनाएको छ। मंगलबार एक कार्यक्रमको आयोजना गरि उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अव्यवस्थित बसोबास ब्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि जग्गा नापजाच एवं अभिलेखिकरण कामको सुवाआत भएको जानकारी दिए। उनले पहिलो चरणको नापी सकेपछि दोस्रो चरणको नापी गरिने जानकारी उपमहानगरपालिका अन्तर्गतका सुकुम्बासी तथा सार्वजनिक जग्गाको तथ्यांक संकलन हुने बताए।

‘तथ्यांक संकलनलाई विवादरहित र न्यायपूर्ण बनाउनका लागि सामाजिक संघसंस्था र स्थानीयको सहयोगको अपेक्षा गरेका छौँ’ उनले भने। शुरुवातमा वडा नं ११ को लालपुर्जा जग्गालाई सिमानामानी ८० विगाहा क्षेत्रफल मापन गरिने छ। वडा नं ११ का वडाअध्यक्ष तथा नापजाँचका संयोजक रामचन्द्र क्षेत्रीले १८ हजार घरधुरीको लगत संकलन भइसकेको जानकारी दिँदै सुकुम्बासी बस्तीको तथ्यांक संकलनमा सहयोग गर्न सबैलाई अनुरोध गरे। आधुनिक ढंगबाट नापजाँचको लागी ग्लोबल टेण्डर आव्हान गरि क्रियशन एजुकेशनल एण्ड कन्ट्रक्सन प्रालिलाई जिम्मा दिइसकिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।

जग्गाको तथ्यांक संकलनका लागि उपमहानगरले ११ लाख ९२ हजार बढी बजेट विनियोजन गरेको छ। नगरभित्र कूल १६ हजार ५ सय घरधुरी अव्यवस्थित तथा सुकुम्बासी रहेकोमा वडा नम्बर ११ देविनगरमा सबैभन्दा बढी ६ हजार ५ सय घरधुरी रहेका छन्। नापी अवधिभर तथा नापी भइसकेपछि खाली जग्गामा संरचना नबनाउन तथा बिक्रि वितरण नगर्न यसअघि नै सूचना भइसकेको छ।

नापीका क्रममा रंगशालामार्गमा ढल, खानेपानी र सडकका लागि ५१ फिटको बाटो छोडिने छ भने त्यसभन्दा तलका मार्गमा हाल रहेका बाटोको चौडाईअनुसार नै रहनेगरी तथ्यांक संकलन हुने उपमहानगरले जनाएको छ। तिनाउ नदी करिडोरको डिपिआर अन्तिम चरणमा पुगेको छ। मापदण्डअनुसार नदीको वहाव क्षेत्र छाडेर त्यसभन्दा माथि करिडोरका लागि १५ मिटरको बाटो बनाइने र करिडोरमा पर्ने बस्तीलाई हटाइने छ। पुनःबासका लागि नगरले ४ विगाह जग्गा पहिचान गरेर राखिसकेको बुटवल ११ का वडाध्यक्ष क्षेत्रीले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu