वडा कार्यालयमा तोडफोड
पुस ९, गुल्मी – गुल्मीको मालिका गाउँपालिका ७ को वडा कार्यालयमा मंगलबार राति तोडफोड गरिएको छ । मंगलबार राति वडाध्यक्षको कार्यकक्षसहित अन्य कोठाहरूमा समेत नचिनेको मान्छेको समूहलेताेडफोड गरेको वडाध्यक्ष वेदप्रसाद पन्थीले बताउनुभयाे ।
घटनाको जानकारी पाएपछि मर्भुङ्ग प्रहरी चौकी सिमलटारीबाट प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । नचिनेको मान्छेको समूहले कार्यालयमा रहेको केही रकमसमेत लुटेकाे बताइएको छ ।