Connect with us
Kapilvast Forest

जाडो बढेसँगै सिद्रा माछाको कारोवार बढ्यो

२०७६, ९ पुष बुधबारमा प्रकाशित

अर्जुन बेल्बासे, कपिलवस्तु पुष ९,

हरेक बुधबार बजार जस्तै चन्द्रौटामा आजको दिन पनि बजारमा भिडभाड नै थियो । चिसो बढे सगैँ बजार गर्न आएकाहरु सिद्रा किन्न तिर तातीँ नै देखिन्थे । जाडो बढेसँगै चन्द्रौमा सिद्रा व्यापार बढेको छ । चिसो शुरु हुन थालेसँगै जिल्लामा सिद्रा व्यापार बढ्दै गएको हो । जिल्लामा वर्षेनी मङसिरको पहिलो सातादेखि माघको अन्तिम साता सम्म अन्य समयको तुलनामा वढि कारोवार बढ्ने गर्छ ।

अहिले वजारमा सिद्राको मूल्य प्रति किलो रु २०० देखि रु नौ सयमा कारोवार भइरहेको सिद्रा व्यापारीे मन्नत हलुवाइले बताए । चिसो बढदा अलि धेरै विकृ हुन्छ औसतमा आज भोली दैनिक १० देखि १५ केजि विकृ हुने अर्का सिद्रा व्यापारी रामेशले बताए ।

सधै भन्दा जाडोको समयमा यसको अत्यधिक बिक्रीवितरण हुन्छ सिद्रा व्यापारले अहिले राम्रै बजार पाएको छ उनले भने सिद्रा बिक्रीबाट राम्रै आम्दानी गर्दै आएको र मसिंर यता मात्रै सिद्राबिक्रीबाट रु ५० हजारभन्दा बढी आम्दानी गरेको बताए ।“सिद्रा किन्न टाढा टाढाबाट व्यापारी आए भने रामै्र आम्दानी हुन्छ नभए औसतमा दैनिक १५ केजि सिद्रा विकृ हुने उनले वताए ।

सिद्रा यो चिसो मौसममा अन्य समय भन्दा धेरै खपत हुन्छ र आम्दानी पनि राम्रै हुने बताए । सिद्रा किन्न जिल्लाका विभिन्न ठाउँका साथै अन्य जिल्ला अर्घाखाची , प्युठान ,दाङ, नेपालगञ्ज, सुर्खेतलगायत शहरमा सम्म यसको माग हुने बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu